
पृष्टभूमिः
नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सन्दर्भमा पूर्वी नेपालको किरात जातिहरुमा पनि आफ्नो संघीयताको संरचनाको बारेमा सामान्य बहसदेखि सशक्त आन्दोलनका कुराहरुसम्म चलिरहेको छ । सबैले जानिरहेको तथ्यलाई हेर्ने हो भने पूर्वी नेपालको लिम्बू, राई, सुनुवार र याक्खालाई नै किरात भनिन्छ । इतिहासका अनुमानका हरफ र विभिन्न विद्धानहरुको हवाला दिएर कतिपयले मोरङका धिमालदेखि लिएर अन्य भित्री मधेशको दनुवार हुँदै पश्चिमका मगर गुरुङसम्म किरात हुन् भनिएको पाइन्छ । तर यहाँ भने इतिहासका पानाहरुको सहायताविना स्पष्टसँग भएको तथ्यलाई मात्र लिने हो भने यी राई, लिम्बू, सुनुवार र याक्खाहरुलाई नै किरात भनिन्छ । भाषा र संस्कृतिमा विभिन्नता वा थोरबहुत समानता भए पनि स्वजातिको रुपमा वैवाहिक सम्बन्ध कायम भइरहेको अवस्था रहेकोले यी जातिहरु सामाजिकरुपमा पनि पारिवारिक एकताको सूत्रमा बाँधिएका छन् ।

काङ्ग्रेस-हत्याको निम्ति कोइरालाको अग्रसरता (प्रचण्डको पासोमा परे कोइराला)
माधव नेपाल नेतृत्वको संयुक्त सरकारलाई माओवादी, गिरिजाप्रसाद कोइराला र झलनाथ खनालबीचको ‘उच्चस्तरीय’ संयन्त्रले पङ्गु सावित गरी आफ्नो उपयोगिता एवम् औचित्य स्थापित गर्न कुटिल चाल चलेको छ । वैधानिक रूपमा बनेको सरकारभन्दा वैधानिकताबिनाको उच्चस्तरीय संयन्त्र नै प्रभावकारी र उपयोगी छ भन्ने प्रमाणित गर्न माओवादी अध्यक्ष प्रचण्डले विशेष भूमिका निर्वाह गर्नुभएको छ । माघ १० देखि गर्ने भनिएको अनिश्चितकालीन आमहड्ताल संयन्त्रलाई देखाएर तत्कालका निम्ति रोकेको बताइएको छ भने माओवादी पार्टीले गर्न चाहेको निर्णय संयन्त्रको बैठकलाई पर्खेर मात्र गर्ने तहसम्म पुगेको छ । प्रदेशहरूको निर्धारण र माओवादी लडाकुहरूको व्यवस्थापन विषयमा समेत संयन्त्र ‘अन्तिम निर्णय लिने निकाय’झैं छलफल गर्दै छ ।

पोखरा । जातीय राज्यको विरोध गर्दै ब्राम्हण समाज नेपालले आज पोखरामा वृहत सद्भाव र्याली प्रर्दशन गरेको छ ।जातीय विभेद, जातीय राज्य, जातीय आरक्षण र राष्ट्रिय विखण्डनका विरुद्ध जातीय सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यसहित ब्राम्हण समाज नेपालले सद्भाव र्याली प्रर्दशन तथा सभाको आयोजना गरेको हो । पृथ्वीचोकबाट निस्केको सद्भावर्याली, नयां बजार, चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो ।

केन्द्रको पत्रमा नै त्रुटी
न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको दोस्रो एकता महाधिवेशनको सिलसिलामा गठित समितिको विषयलाई लिएर विभिन्न गुट-उपगुटमा विभाजित अमेरिकामा रहेका कांग्रेसका कार्यकताबीच भर्खरै केन्द्रबाट प्राप्त अर्को पत्रले झगडालाई नयाँ मोडमा प्रवेश गराएको छ ।
यस्तो छ समिति निर्माणको कथा
- संयोजक खगेन्द्र जिसी रहने गरी सात सदस्यीय दोस्रो एकता महाधिवेशन तयारी समिति गठन, जसको संयोजनकर्ता कांग्रेस नेता रामशरण महत र महेन्द्रध्वज जिसी थिए ।

मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर हेरिरहेका थिए । प्राकृतिक अनुपम धरोहरको रुपमा सृष्टिकर्ताले अन्नपूर्ण हिमश्रृङ्खलाको मध्यभागमा माछापुछ्रे हिमशिखरको रचना गरेर गण्डकी अञ्चलवासीलाई ठूलो गुण लगाएको छ ।

(सैन्य साहित्यको अर्को आयामिक कृति)
पृष्ठभूमि
म सानो छँदा भू्पू गोर्खा लाहुरेहरुको बहादुरीको वार्तालापहरु सुन्दा दन्त्य कथा सुनेजस्तो लाग्थ्यो । समाजमा ब्याप्त लाहुरे हुन पाउनुको आकर्षण र त्यो युद्धको डरलाग्दो कथाहरुबीच म असमञ्जसमा पर्थें । सोच्थें यी गोर्खाली लाहुरेहरुले कसरी विश्वमा बीरता प्राप्त गरे ? के यी लाहुरेहरु साँच्ची नै दुश्मनसित ज्यानको बाजी थापेर युद्ध गर्छन् त ? युद्धमा दुश्मनलाई मार्ने मात्रै त हुँदैन । दुश्मनले पनि आफूलाई मार्छन् । फेरि यो दुश्मन भनेको के हो र को हुन् ? मलाई मेरा आफन्तहरुले पैसा र सुनचाँदी कमाउन लाहुरे हुनुपर्छ भनिरहेका छन् या युद्धमा होमिन ? सानैदेखि यस्तो प्रश्न उब्जिन्थ्यो मनमा ।

“कविता कवि होस्
कवि कविता होस्,
शव्द थुपारी के हुन्छ ?
भाव भए पो हुन्छ”
यी हरफहरुले मनमै सारै छोयो । अग्रज दाइहरुका मुखराविन्दबाट सुनिँदै आएको यो अभिव्यक्तिका धनीलाई नचिने पनि मेरा अल्लारे कालबाटै सुन्दै आएको हो । चार हरफ मात्र भए पनि यसको सार ज्यादै गहक र गहन लाग्यो मलाई ।

रोल्पा । अनिश्चित भबिष्य लिएर शिविरबाट वाहिरिएका माओवादी सेनाका अयोग्य लडाकुले आफ्नै अध्यक्ष प्रचण्डप्रति आक्रोश र निराशा जनाएका छन् । अयोग्य लडाकु बहिर्गमनको अन्तिम दिन आज रोल्पाको दहवनस्थित पाचौ डिभिजनबाट वाहिरिएका लडाकुले आफ्ना अध्यक्ष प्रचण्डको अनुहारै नेहरी वाहिरिए ।
केहीले प्रचण्डलगायतका नेतासँग हात मिलाएर बिदाई भए भने धेरैले मुखमा समेत नहेरी बाहिरिए । कार्यक्रमस्थलबाट बाहिरिनासाथ सबैजसो अयोग्य लडाकुले पहिरिएको माला फालेका थिए ।

BY DIRGHA RAJ PRASAI
It is hard to move into darkness but once we do, there will be immense independence. All sorts of activities can be carried out openly in the dark without fearing that anyone watching it. Yesterday, Maoists were in the dark, they were free to plunder and kill people. These Maoists have now come to the limelight. It is always easy to move towards light, but it is difficult to carry out the activities openly. It is because every thing is transparent. After the Maoist came to light, everything became transparent. Maoist boasts of political revolution- a revolution that boasts of banks being robbed and infrastructures being destroyed, a revolution, which has killed Nepali citizens, police and patriotic military personnel.

हडकड । हिजो साँझ, जोर्डनस्थित कंगन रेष्टुरेन्टमा गैरआवासीय नेपाली संघ हडकड र नेपाल च्याम्बर अफ कमर्श हडकडबाट संयुक्त रुपमा एक रात्रिभोजको आयोजना गरिएको थियो । नवनियुक्त महावाणिज्यदूत विनोद कुमार उपाध्यायको सम्मानमा राखिएको सो कार्यक्रमको मुख्य उद्देश्य, महावाणिज्यदूतलाई हडकड र नेपाली परिवेशका केही अवस्था तथा स्थितिहरुको जानकारी दिँदै दुई संस्थाको तर्फबाट औपचारिक रुपमा उनको कार्यकाल फलदायी रहोस् भन्ने कामनाका साथ स्वागत गरिनु रहेको थियो । गैरआवासीय नेपाली संघ हडकडका सचिव अर्जुनकुमार गुरुडबाट सञ्चालित सो कार्यक्रमलाई केही भिन्न किसिमले प्रस्तुत गरिएको थियो ।

-सुमल कुमार गुरुङ
मरे जस्तै लुकेर बस्ने
फेरि चुनावमा ब्युँतने
दैलो-दैलो चहार्ने
जनता जनार्दनको बुइ चढ्दै
सत्तारोहणको नशामा
लाज पचाई-पचाई वाचा गर्ने
क्या गजब छ यिनलाई -जे गरे पनि हुने ।
जनताको रासन डकार्दै

“हामी आफू-आफूमा विभक्त हुँदा हाम्रो राष्ट्रियता नासिन्छ र विदेशीहरुबाट हेपिन्छौं ।” -नवनियुक्त महावाणिज्यदूत विनोद उपाध्याय
”…नेपाल ? प्रधानमन्त्री नेपालका नातेदार …? ….होइन ? केही छैन, तपाईँको जागीर त्यत्तिकैमा पनि पक्का भयो ।” यो एउटा हास्यव्यङ्ग्य प्रहसनको फोन-वार्ताको एक लाइन हो । यसरी अहिलेको सन्दर्भमा चुटकिलामा जोडिने क्रमकै बीचमा हङकङ नेपाली महावाणिज्यदूतको पदपूर्ति गर्न माधव नेपालका सहोदर भाइ विनोद उपाध्यायको नियुक्ति भएको छ र सोही पदलाई वहाली गर्नका लागि गत हप्ता मात्रै महावणिज्यदूत उपाध्याय हङकङ आएका छन् । लगभग एक हप्ता बितिसकेको छ उनको कार्यकालको ।

मान, अपमानका आधारहरु
यो कसैले भनेको हो -’मान हुनेहरुलाई सम्मानको रहर हुन्छ अनि तदनुरुप अपमानको डर हुन्छ ।’ के त्यसको मतलव, मान नहुनेहरुलाई अपमानको डर हुँदैन त ? आखिर मानको मापदण्ड के हो त ? श्रीमती तथा परिवारले मान्ने व्यक्ति समाजको सम्मानित व्यक्ति हुनसक्ला ? या त्यसरी सम्मानित हुन समाजले नै मान्नुपर्ला ? श्रीमतीलगायत परिवारले पनि नमान्ने व्यक्तिको मान हुँदैन त ? गफ होइन, हरेक नागरिक, चाहे त्यो चोरै किन नहोस्, हत्यारै किन नहोस्, हरेक दोस्रो वा तेस्रो व्यक्तिका अगाडि समान मानको दावेदार हुन्छ । कानूनले दिने सम्मान या अपमानको अर्को कुरा हो । आफ्नो नागरिक मानमा चोट लागेको छ भने लगाउनेसमक्ष त्यसको भर्पाइ गर्न दबाव दिन उक्त व्यक्ति हकदार पक्कै हुन्छ, त्यसको लागि समाज, जाति, रङ आदिको दुहाइ दिनु जरुरी हुँदैन । त्यो व्यक्ति नितान्त आधारभूत अधिकारमाथि वा आधारभूत नागरिक व्यक्तित्वमाथिको गम्भीर चोट परेको भन्दै सोको उपचार वा क्षतिपूर्तिको माग तदनुरुप राखिनु स्वस्थकर हुन्छ, त्यसमा समाजको एक्वेवद्धताको जरुरत पर्दैन र राखिनु पनि हुँदैन ।

साग विशेष-श्रीविक्रम भण्डारी
बंगलादेशमा जारी एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले फितलो सुरुवात गरेको छ । एकपछि अर्को खेलमा पराजित हुने क्रममा नेपाललेे अहिलेसम्म ब्याडमिन्टन, कबड्डी, हक्की, स्क्वास, क्रिकेट, साइक्लिङ, ह्यान्डबल, बास्केटबल, भलिबल र फुटबलमा र्समनाक पराजय भोगिसकेको छ । त्यस्तै, स्वर्ण पदकको आशा गरिएका भारोत्तोलन र जुडोमा पनि नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । नेपालको निराशाजनक प्रदर्शनले गर्दा अरू खेलका खेलाडीमा पनि नकारात्मक असर परेको छ । क्रमिक रूपमा पराजयको खाल्डोमा पुरिँदै गएको नेपालका लागि स्वर्ण पदक जित्नु निक्कै चुनौतीपूर्ण भएको छ । (more…)
......Click here to read all posts.
झुप्रो, छाप्रो र महलमा के अन्तर छ ? अनि रेष्टुरेण्ट, बार र तारे होटलमा ? पक्कै पनि अन्तर छन् यिनीहरुका बीचमा । त्यसैले त यिनीहरुका बीचमा स्पस्ट विभाजनका लक्ष्मण रेखाहरु कोरिएका छन् ।

.......
..









-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।

डेढ दशकको अवधि हो यो समय, हङकङ बसाइको । हातको औंलामा गन्न मिल्नेबाहेकका नेपालीहरु अहिले पनि यहाँ स्थापित हुने जमर्कोमा घस्रिरहेका छन् भन्नु गलत पक्कै होइन । नब्बेको दशकमा हङकङ भित्रिएका नेपालीहरुका ८० प्रतिशतभन्दा बढी अहिले हङकङ छाडेर बेलायत, अस्ट्रेलिया, अमेरिका तथा अन्य युरोपियन देशहरुमा सदाकै लागि गएका छन् भन्नु ठ्याक्कै सही नभए पनि पूरै गलत होइन । अहिले जोर्डन, याउमातेई, युनलोङ, कामतिन अनि चुनवानमा पुरानाको दाँजोमा नयाँ अनुहारहरु ज्यादा देखिन थालेका छन् । त्यस्ता नयाँ अनुहारमा देखिने कोषीय रेखाहरुमा वर्तमान हालातमा रहेको अन्योल अवस्थाको नेपालको छाप स्पष्टै भेटिन्छ, तिनलाई सजिलो तथा पक्कासँग यहाँको समाजमा आफूलाई घुसाउनुमा अहिलेको परिप्रेक्ष्यमा बढी चाख रहेको हुन्छ । यसरी डेढ दशकसम्म पनि खासगरी चीनिँया समाजबाट अलग्गिएको यथार्थ भोग्ने नेपालीहरुको मनमा, भविष्यमा देखिने कालजयी दुष्प्रभावको अडकल नभए पनि तिनबाट बिस्तारै हुर्किँदै गरेका तिनका सन्तानहरुका मनमा भने प्रशस्तै विरोधाभासहरु बढ्दै गएको स्पष्टै हुन्छ । एक आम नेपाली (जसले यहाँ एक दशकभन्दा बढी समय अर्थात् आफ्नो जीवनको अमूल्य दशौं वर्ष खर्चिसकेको छ) ले यदि अहिले नै नेपाल फर्कनु परे साथमा के लिएर जान सक्छ त ? दश वर्षको अवधिमा यहाँ जीविकोपार्जन गर्नेहरुले एमपीयफमा सञ्चय भएको एक लाख वरपरबाहेक खासै भन्ने भए अन्य केही लान सक्दैनन् । यहाँ भोगेका, सिकेका अनि जानेका जानकारी तथा अनुभवहरु नेपालको सन्दर्भ र परिवेशमा वस्तुपरक मात्र हुनेछ । जीवनको अति उर्जाशील उमेर खर्च गरेपछि खोक्रो हालातमा नेपाल पुग्ने सो जमातलाई कति महत्वका साथ त्यहाँ हेरिएला भन्नेतिर अहिले नसोचौं । यही दशकको अवधिमा पनि केही नेपालीहरुबाट यहाँ समानान्तर रुपमा नेपाली राजनीति गरिँदैछ, विविध क्षेत्र र समाजलाई अगुवाइ गरिँदैछ । ज्ञारेन्टी दिन सकिन्छ, तिनका सो नेतृत्वशीलता वा लिडरशीप, सो धाक तथा ईज्जत, नेपालमा सदाकै लागि फर्केर जाने हो भने, जमीनमा थचारिन पुग्दछ, तिनका नजिकका आफ्नाहरुबाट केही समयका लागि पाउने सम्मानबाहेक तिनले उप्रान्त शून्यसिवाय केही पाउँदैनन् । यत्तिका लामो भूमिकाको निचोड के हो भने, हामीले यहाँ बिताएका यी सबै पक्ष र शैलीका समयहरुको सदुपयोग नगरे भविष्यमा हामी घरको न घाटको हुनेछौं । यहाँको समाज तथा सँस्कृतिसँग, सजिलो गरी तादात्म्यता नमिलाए, घाटमा सतास मिल्किएजस्तै यहाँको समाजबाट बाहिर मिल्किनेछौं र नेपालमा सो अवस्थामा संवरणीय स्वरुपले भित्रिनसक्ने अनुमान लगाउनु हाम्रो मूर्खता मात्रै हुनेछ ।
हङकङमा जातीय, क्षेत्रीय तथा धार्मिक र पार्टीगत धारणाले सर्वसाधारण नेपालीहरुमा विभाजनको रेखा कोर्नेहरुप्रति सर्वसाधारण विविध भाषा तथा जातजातिका नेपालीहरु एकजुट हुनु पर्ने बेला भएको छ । अहिले भर्खरै, जनजातिकै महावाणिज्यदूत चाहिन्छ भनेर जुन किसिमले मागहरु राखिएका छन्, तिनका लागि जुन किसिमले प्रयासहरु भएका छन्, त्यो एक त हङकङेली नेपालीहरुबाट त्यो अनुपातमा नथालिनु पर्ने थियो, किनकि, हङकङको विधानअनुसार यहाँकै रैथाने मानिएका नेपालीहरुलाई जनजाति वा गैरजनजाति, जो सुकै आए पनि तिनका दैनिक जीवनमा कुनै फरक पर्दैन । तर पनि ज्यादा जनजातिहरु यहाँ रहेको सन्दर्भमा जनजाति महावाणिज्यदूतको चाहना राखिनु गलत भने होइन, तर त्यसको लागि हङकङ सरकार तथा चीन सरकारसमक्ष ज्ञापन पत्र चढाउने कार्य गरिनु अत्यन्तै अमान्य हो ।
......Click here to read all posts.