दशैं भर्सेज चासोक तङनाम ?-प्रदीप कन्दङ्वा(लिम्बू)
दुई ठूला पर्वहरुको जन्जालबाट उम्किएर म भर्खर फेरि तङ्ग्रिन खोज्दै छु । चाड पर्वहरुले जति उल्लास र उमङ्ग लिएर आउँछन्, जाँदा त्यतिकै थकान मात्र दिँदैनन्, ऋणको भारीसमेत बोकाएर जान्छन् । यद्यपि चाड आइरहन्छ, चाड गइरहन्छ । मानिसको जीवनमा चाड पर्वको के महत्व छ, भनिरहन परोइन । जानेर नजानेर, चाहेर नचाहेर, नियतवश या अन्जानमा हरेक चाडले कुनै न कुनै धर्म या सम्प्रदायसँग अटुट सम्बन्ध बनाइरहेको हुन्छ ।
अर्को साँस्कृतिक पाटो पनि छ । संस्कृति र धर्म पनि परस्परमा अन्योन्याश्रीत सम्बन्ध राख्दछन् । गोरे बहादर खपाङ्गीको नेतृत्वमा नेपालका आम आदिवासी जनजातिहरुले तथाकथित नेपाली मात्रको महान चाड दर्शैको बिरोध र बहिस्कार गरे तर हाम्रो विडम्बना, एकचिम्टी अक्षेताको भरमा नेपालका शासकले गोरे बहादुरको जीवनभरिको कमाइ ओम स्वाहा बनाइदिए । आज गोरे बहादरको अस्तित्व आदिवासी जनजातिहरुको स्मृतिमा विस्मृतप्राय भइसकेको छ, सँगसँगै नेपालका तमाम आदिवासी जनजातिहरुले एउटा अपुरणीय क्षति समेत भोग्नुपरेको छ । गोरेबहादर नेपाली शासकहरुको पहिलो शिकार भने अवश्य होइन र निश्चित छ अन्तिम पनि होइन । तर हामीले बुझनुपर्छ, अब उप्रान्त हामीलाई गोरेबहादर बन्नु छैन ।
हामी क्रिसमसमा रमाउन सक्छौं, विदेशी नयाँ वर्षमा रमाउन सक्छौं, नेपालका क्षेत्री बाहुनहरु ल्होछार, चासोक तङ्नाम, साकेला, छट पर्व आदिमा आएर राम रमाइलो गर्न सक्छन् हामी मात्र दशैंको बिरोध किन गरिरहेका छौं । प्रश्न स्वाभाविक रुपमा पैदा हुन्छ । तर नेपालमा ल्होछार र दशैंमा के भिन्नता छ ? चासोक तङ्नाम र दशैंमा के फरक छ ? साकेला र दशैंमा के फरक छ ? प्रश्न अरु जटिलरुपमा पैदा हुन्छ । हिजो सम्म नेपालको राज्य सत्ताले नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्र र दशैंलाई नेपाली मात्रको एक महान चाडको मन्त्र घोटेर पिलायो । नेपालको वास्तविक सामाजिक र धार्मिक अनेकतालाई सत्ताको बर्कोले छोपेर केबल एक भाषा एक भेष, एक जाति एक देशको मूलमन्त्र जपायो । कसैले छातीमा हात राखेर भनोस् के नेपालको सामाजिक धराताल त्यो हो ? होइन भने सविंधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेको अवस्थामा समेत दशंै किन राज्यबाट संरक्षित छ ? चासोक तङनाम किन छैन ? छट पर्व किन छैन ? साकेला किन छैन ? यो के को भेद भाव हो ? दशैंको बिरोधमा यो मात्र कारण छैन, इतिहासमा यस्ता थुप्रै कालखन्डहरु देखिए कि दशैं नमान्दा हाम्रा पुर्खाहरुले शासकको हातबाट अन्यायपूर्वक मृत्यु वरण गरेनुपर्यो । गाईको मासु खाँदा शासकको गोली खानुपर्यो । आज एउटा बाहुनलाई जनई लगाएबापत मृत्यदन्ड दिइयो भने उसको स्थित कस्तो हुन्छ । दशैं मान्दा आज एउटा बाहुनलाई गोली ठोकियो भने के हुन्छ ? यी आदि कारणहरुलाई नजीर बनाएर हामीले दशैंको बिरोध होइन, संरक्षणवादको बिरोध गर्दा क्षेत्री बाहुनहरु हामीलाई साम्प्रदायिक सदभाव भड्काएको आरोप लगाउँछन् । वास्तवमा साम्प्रदायिक को छ यहाँ, आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्दछु म । दशैंको होइन संरक्षणवादको बिरोध किन, वास्तवमा यी माथिका उधृताशंबाट मात्रै यो प्रश्नको पूरा पूरा निदान हुन सक्दैन, अरु थुप्रै कारणहरु सँगसँगै जोडिएर आउँछन्, यस बारेमा पहिला पनि लेखिएको र पछि पनि लेखिनेछ । आज नजिक आइरहेको किरात लिम्बू जातिको महान चाड चासोक तङनामको बारेमा केही लेख्न गइरहेको छु ।
चासोक याने न्वागी र तङनाम याने चाड अर्थात पर्व बराबर चासोक तङनाम अर्थात न्वागी पर्व अर्थात किरात लिम्बू जातिको महान चाड । यो दुनियामा प्रकृतिभन्दा ठूलो अर्को शक्ति केही छैन । प्रकृतिभन्दा महान बस्तु पनि अरु केही छैन । प्रकृति छ र नै यहाँ जीवनको अस्तित्व छ । प्राणी र मनुष्य जगतको तमाम आवश्यकताहरु केबल प्रकृतिबाट मात्र पूरा हुन सक्दछ । प्राणी र मनुष्य जगतको भरणपोषण केबल प्रकृतिबाट मात्र सम्भव छ । तसर्थ प्रकृतिभन्दा महान र प्रकृतिभन्दा शक्तिशाली अरु केही छैन यो हामी किरात लिम्बू जातिहरुको अटुट विश्वास आजपर्यन्त उत्तिकै जीवित र उत्तिकै प्रवल रहेको छ । तसर्थ हामी प्रकृतिको पूजा गर्छौं र प्रकृतिलाई नै भगवान मान्दछौं र प्रकृतिको पूजाद्वारा नै हामी तागेरानिङ्वाफुमाङसम्म पुग्दछौं । कुनै परलौकिक शक्ति भनेको कसैको निम्ति आस्थाको आधार हुनसक्ला तर विश्वास र विज्ञानसम्मत त प्रकृतिपूजा नै हो जसबाट हामी प्रत्यक्ष लाभान्वित हुन्छौं । तसर्थ चासोकमा हामी प्रकृतिले हामीलाई दिएको अन्नबाली सर्वप्रथम प्रकृतिकै हक बन्न जान्छ भनिकन पाकेको अन्नबाली प्रकृतिलाई अर्पण गर्दछौं । त्यसपछि मात्र हामी मानवजातिले त्यसको उपभोग गर्दछौं । यो न्वागीं पूजा नगरी अन्न उपभोग गरेको खन्डमा अनेक अनिष्ट हुने जनविश्वास पनि रहिआएको छ । यसरी वर्षदिनको कठोर परिश्रमपश्चात अन्नबाली उठाउँदाको उल्लासपूर्ण दिनहरुलाई हामी चासोक तङनामको रुपमा मनाउँछौं । चासोक तङनामले लिम्बूहरुको मस्तिष्कमा चाडको रुप ग्रहण गरेको धेरै भइसक्यो तर यसले उनीहरुको मनमा आजपर्यन्त घर गर्न सकिरहेको छैन । हरेक पर्वको आ-आफ्नै धार्मिक र साँस्कृतक आयामहरु हुन्छन् । धर्म, सँस्कृति र पर्वलाई आपसमा छुट्याएर नियालेको खन्डमा यसको भेदको भेऊ पाउन सकिन्छ । यसर्थ आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङको दशैंलाई नेपालीहरुको सामाजिक पर्वको रुपमा स्वीकार्न सकिन्छ भन्ने दलीलप्रति मेरो औपचारिक असहमति म यहीं लेखमार्फत जाहेर गर्दछु । हाम्रो आस्थाको केन्द्रमा दुर्गा नामको कनै नारी शक्तिको स्थान छैन न कनै नरभक्षी दानवको स्थान छ । दशैंलाई यी दुईवटा कुरासँग छुट्याइदियो भने दशैंमा अरु के बाँकी रहन्छ ? कि दशैंमा दुर्गाको पूजा नगरौं टीका नलगाऔं तर मासु भात मजासित खाऔं भन्न खोज्या हो भने त्यो त हामी क्रिसमस, कुङहे फत्चोए आदिमा पनि गरिरहेका छौं नि । पर्व सामाजिक मात्र कदापि हुँदैन, यो सामाजिक, साँस्कृतिक र धार्मिक तीनवटा तत्वको समष्टीरुप हो । हो दशैंमा हामी रम्न सक्छौं त्यसलाई सामाजिक रुपमा हामी दशैंलाई स्वीकारिरहेका छौं भन्न मिल्दैन यदि मिल्छभने त्यो स्थिति केबल हामीले क्रिसमस मनाउँदा फरक किसिमको कदापि होइन ।
दशैं तिहार क्रिसमस आदि आए जसरी नै चासोक तङनाम पनि आउँछ, चाडको रुपमा वर्षमा एकै पटक मात्र तर यो मंकी हिलमा मात्र किन आउँछ ? पूर्व निश्चित स्थान र स्थितिमा मात्र किन आउँछ ? मान्छेको मन मनमा यो चाड किन आउँदैन ? मान्छेको घर घरमा यो चाड किन आउँदैन ? केटा केटीहरुको मनलाई छुन यो चाडले किन सक्दैन ? मोबाइलको एसएमएसहरुमा यो चाड किन आउँदैन ? पत्रिकाको पृष्ठहरुमा किन आउँदैन । मान्छेको मुखाराविन्दबाट हृयाप्पी चासोक तङनाम भन्ने शुभकामना वाक्य किन झर्दैन ? किनकि हामीले यो चाडलाई केबल औपचारिकताको घेराभित्र बन्द गरिदिएका छौं । हामीलाई लाग्छ, मंकी हिलमा भेला भएर दुई चारवटा भाषण गरेर मासु पोली खाएपछि हाम्रो दायित्व समाप्त भयो अथवा चासोक तङनाम सकियो । के चुम्लुङले चासोक तङनाम आयोजना गरेनभने हामी चासोक नमनाउने ? चासोकको उपादेयता यति मात्रै हो त ? अवश्य होइन । हामीले चासोकलाई वास्तविक पर्वको रुप दिने प्रयत्न आ-आफ्नो स्थानबाट तदारुकताका साथ गर्नुपर्दछ । चासोक आएको खुशीयाली आपसमा सेयर गर्नुपर्छ । घरमा केटाकेटी र परिवारलाई चाड आएको अनुभूति दिलाउनुपर्छ । जसरी अरुहरु दशैं आउनुभन्दा महिनादिन अगाडिदेखि दशैं मान्ने योजना बनाउँछन्, आर्थिक चाँजो गर्छन्, इष्टमित्र र आफन्तहरुसँग भेटघाट गर्ने योजना बनाउँछन्, बिलकुल त्यसैगरी होइन तर त्यसरी नै हामीले पनि चासोकलाई ग्रहण गर्न सक्नुपर्दछ ।
आजभन्दा २ वर्ष अगाडिको चासोक तङनाम मैले घरमै मनाउने निश्चय गरें । योजनामुताविक ८, १० जना साथीभाई भेला भएर राति अबेरसम्म हाक्पारे गाएर सुनेर बसियो । त्यहीं साल मैले ब्यक्तिगत रुपमा पत्रिकामा शुभकामना छपाएँ । यसपटक कम्तिमा ४० वटा एसएमएस पठाएर चासोक तङनामको शुभकामना बाँडे । मैले ठूलो काम गरें, त्यस्तो बिलकल होइन, यो एउटा परम्पराको थालनी गर्ने कुरा हो । अरु चाडमा हामी यसै त गरिरहेकाछौं । क्रिसमसमा मेरी क्रिसमसको एसएमएस आएर मेमोरी कार्ड भरिन्छ । बाटो बाटोमा मान्छेहरु मेरी क्रिसमस भन्दै हिँडिरहेका हुन्छन् । पत्रपत्रिका आदिमा क्रिसमसको शुभकामना छ्याप्छ्याप्ती देख्न पाइन्छ तर चासोक तङनाममा त्यस्तो किन हुँदैन ? साकेलामा किन हुँदैन ? हामी आफ्नै अस्तित्वबाट भागेर कहाँ जान खोजिरहेकाछौं । अर्काको अस्तित्वलाई मान्न पहिलो शर्त हो आफ्नो अस्तित्वको बचाऊ । जब आफूसँग आफ्नोपन छैनभने अर्काको अस्तित्वमा रमाउनुको के अर्थ हुनसक्छ ? त्यो त आफ्नो घर नछाउने अनि अर्काको घरमा गएर ओत लागेको जस्तो पो भयो ।
अर्को एउटा अत्यन्तै महत्वपूर्ण बिषय यो कुरासँग जोडिएर आउँछ, जस्तै चासोकलाई पर्वको रुपमा हाम्रो पुस्ताले नै राम्रोसँग आत्मसात गर्न सकेको छैन भने पुस्तान्तरमा यो पर्वको स्थिति कस्तो रहला ? त्यसै त हुर्किरहेको हाम्रो अर्को पुस्ता पश्चिमी र हिन्दी संस्कृतिको चपेटामा नतमस्तक बनेर रमाइरहेको छ । त्यसमाथि राज्यले किनारातिर धकेलेको संस्कृति, यस्तो विषम परिस्थितिमा हाम्रो पर्व हाम्रो संस्कृति हाम्रो पहिचान हाम्रो गौरव र हाम्रो भविष्यलाई आजैदेखि आत्मासात गरौं र आफ्नो अस्तित्व आफ्नै निम्ति संरक्षित गरौं ।




.......
.. 


















Bold and Beautiful article.
गोरे बहादुरलाइ राज्यले कसरि बिगार्यो ? यो कुरा स्पस्ट भएन . के उसको कमजोरी त्यहाँ छैन र ? उस्लालाई जबर्जस्ति टिका लगाई दिएको होर ? मन्त्रि हुन पाउदा फुर्किएर आफ्ना सारा जीवनको कमाई ध्वस्त बनाउने आफै होइन र ? हामीले खाली अर्कालाई मात्र दोष दिन कहिले छोड्ने हो ?
हामि जनजातिहरुको यो फुर्केपनलाई आफैले छोड्नु हाम्रो पहिलो काम हो अनि कसैले हाम्रो सस्कृति माथि धावा बोल्न सक्दैन . हो दसैमा तेस्तो के छ र हामि त्यहाँ झुम्मिएका छौ त्यो निर्क्योल गर्यो . मैले दशैँ मान्न छाडेको १० वर्षा भयो तर दशैको समयमा धेरै कुरा खड्केको महसुस हुन्छ . वास्तवमा यस भित्र साकेला र चासोकको तुलनामा केहि छ या हामी बानी परेका छौ. तर हाम्रो सस्कृति पछाडी पार्नमा हामि पनि दोषी छौ . आफ्नो कमजोरी महसुस नगर्नेले जति नै राज्यबाट संरक्षण पाएपनि कुनै हालतमा प्रगति गर्न सक्दैन र अरुबाट दमनको हाउगुजी मात्र देखि रहन्छा
रह्यो हामी प्रकृति पुजक . यहाँ निर आजको आधुनिक जमानामा केहि कमजोरी छ . प्रकितिको पूजा भन्दा पेट पुजा र मान्छे पूजा धेरै हुने जमानाले होला हाम्रो चण्डी र चसोक्मा मात्र हामि पुरा रम्न सकेको छैनौ . चाडहरु मा यो दशैँ र तिहार पुरक चाड जस्तो भएको छ . गोरे बहादुरको बारेमा राज्यलाई नै दोषी ठान्नु भएकोले मात्र यो प्रसङ्ग ल्याए , अन्यथा नठान्नु होला . यदी उसलाई आफ्नो अडानमा पुरा बिश्वास र भरोशा भए मन्त्रीको पदलाइ बाजी राखेर राजाको हातबाट टिका लगाउनु हुन्न थियो .
I have doubted the credentiality of this comment. Whoever you are first unmask yourself I mean, tapai aafno pura parichaya liyera aaunuhos by then we can have our debate any way can`t sotp myself to thank you.
Prem Kirat should know that people were all close to the Mother Nature at the beginning of the civilization. Then came various religions, faiths and beliefs.But still we are fully dependent on nature. We have done a lot of scientific developments but still we are somehow dependent on nature. Examples are green house problems, Maldives going to sink in Indian Ocean by the year 2030 etc are some examples only. You should know people are talking about saving the trees, rivers and many other resources in the nature. It only shows the value and importance of Mother Nature in the midst of scientific development. So, the janjatis of Nepal worship Nature, it is a good tradition. I should request them to continue and show more dedication towards Mother Nature. Lochan Rai
माथिको लेख र कमेन्टहरुमा प्रदिप जी र लोचन जिको धेरै कुरा एकहद सम्म ठिक लागेपनि गोरे बहादुरको कुरामा चाही प्रेम जिको नै ठिक लाग्यो . आफ्नो कजोरिमा पनि अरुलाई दोष लगाउने बानी चाही हामीले छोड्नै पर्छ . जनजातिहरुले आत्मा आन्दोलन पनि नगरी हुन्न जस्तो लाग्छ . यदि गोरे बहादुरलाई राज्यले बिगारेको हो भने उसलाई जनजातीहरुले किन सम्मान गर्न छाडेका छन् त ? यहाँ प्रदिप जी एक तिर जनजाति एक तिर भएको जस्तो लग्यो यो गोरे बहादुरको सवालमा .
Dear dude!!!!!!!!!!! Mr. Prem Kirat and Prakash ambule Rai, I am very happy to study both of ur comments and like to take a debate competition in this website. First up all, I want to ask both of you a question “Have you both studied an eassy properly”? Yes that’s true “गोरे बहादर खपाङ्गीको नेतृत्वमा नेपालका आम आदिवासी जनजातिहरुले तथाकथित नेपाली मात्रको महान चाड दर्शैको बिरोध र बहिस्कार गरे”. He was only the one person who came to boycoot the Hindus festival and said that doesn’t need to be followed by every Nepali people (Specially indeginious people). He also said that “People who doesn’t follow the Dashain doesn’t need to put tika in their forehead”. He said those things to every indeginious people because he also lie in this part. Hey!!!!!!!!!! both of you dude, u both r son of Kirat but why don’t u think or know about the history what Hindu did to us in past, i mean 2 our ancestors and why now only we r thinking deeply about our festivals. You both need 2 know, why all indigenious people attends in Dashain n Tihar instead of following their own festivals. You both also need to know “True history never dies”.
I accpet both of ur comment that Mr. Pradeep has written “एकचिम्टी अक्षेताको भरमा नेपालका शासकले गोरे बहादुरको जीवनभरिको कमाइ ओम स्वाहा बनाइदिए । आज गोरे बहादरको अस्तित्व आदिवासी जनजातिहरुको स्मृतिमा विस्मृतप्राय भइसकेको छ, सँगसँगै नेपालका तमाम आदिवासी जनजातिहरुले एउटा अपुरणीय क्षति समेत भोग्नुपरेको छ”. But why he wrote those point u need to understand carefully. I have already written the point above “He was only the one person who came to boycoot the Hindus festival and said that doesn’t need to be followed by every Nepali people (Specially indeginious people). He also said that “People who doesn’t follow the Dashain doesn’t need to put tika in their forehead”. But how he came to put that tika in his forehead and said we all need to follow this festival, it’s a national festival of our country. Because “Manchele laalajko rupma j garna pani sakcha”. This’s the main point. Thus, in this case he need to b ashamed in front of all indeginious people.
Mr. Prem Kirat, how do u came to say that ” गोरे बहादुरको बारेमा राज्यलाई नै दोषी ठान्नु भएकोले मात्र यो प्रसङ्ग ल्याए”. Can u prove me about that writing again the comment in this website. Nepal is already a secular country of multicaste, multi-language, multi-religion, multi-culture. They all follow their own festivals. But also why mainly Hindu festivals are only national festivals in our country. Why Kirati’s festivals like “Chasok Tangnam”, “Chandi-nach”, Gurung’s, Sherpa’s Festivals like “Loshar” etc. are not national faestival in our country. This the main point why we r far away from our own religion, languages, festivals, see the movie of western country, indian, etc. How we became like this?????? Because the main point is “Discrimination” which are done by “Hindu”. By knowing all of those things how Gore khapangi went to that Hindu king’g palace to put tika in his forehead??????? That was his fault. Just I want 2 tell u that “people respect u if u respect them” but “if u dishonoured them obviously they gives u a punishment”.
उहांग जी, तपाइले नै अन्त्यमा That was his fault. भनेर जुन कुरा लेख्नु भएको छ मैले र प्रेम जीले भन्न खोजेको कुरा पनि तेती मात्र हो . तत्कालिन राज्यले त सबै हिन्दु बनेर दशैँ मानेर टिका लगाओस भन्ने त भै हाल्यो नि . तर तेसो गर्न लगाउदैमा थपक्क मानि दिने गोरे बहादुरको पो कमजोरी हो त . तेती ठुलो तपस्या गरेर तेतिका जनजाती हारलाई उचालेर तेतिका जनजाती हरुको साथ पाएर मन्त्रीको पद पाउदा थपक्क टिका थप्नु हुन्थ्यो त ? उसलाई अहिले भूपू मन्त्रीको पद जती घाडो सायद अरु केहि हुन्न होला . मन्त्रीको पदलाई जोखिममा परेर आफ्नो अडानमा रहेको भए अहिले उ नेपालको मण्डेला हुने त होइन ज्यादै सम्मानित ब्यक्तित्वोमा गनिके थियो . प्रदिप कन्दवा जिको आसय राज्यको रबैया जहिले पनि हिन्दुकरण गर्न खोज्ने , यस अर्थमा यो वाक्य “एकचिम्टी अक्षेताको भरमा नेपालका शासकले गोरे बहादुरको जीवनभरिको कमाइ ओम स्वाहा बनाइदिए । आज गोरे बहादरको अस्तित्व आदिवासी जनजातिहरुको स्मृतिमा विस्मृतप्राय भइसकेको छ, सँगसँगै नेपालका तमाम आदिवासी जनजातिहरुले एउटा अपुरणीय क्षति समेत भोग्नुपरेको छ”. राख्नु भएको हो भने भन्नु केहि छैन तर गोरे बहादुरको कमजोरीलाई पनि बिर्सनु हुन्न कि भन्ने भनाइ मात्र हो .