
.......
..









-प्रकाश के.सी.
साँझ परेदेखि नै अत्यास लाग्ने चिसो अनुभूतिहरुको एक लहरहरु मनभित्र, आँधीजस्तै चल्न थाले पनि त्यसले कविताका भावहरुमा रुपान्तरित हुन छाडेको एउटा अवधि नै बनिसकेको छ । मनमा त्यो जागरण रहेन भन्न खोज्नु ढाकछोप मात्रै होइन, वास्तविकता पनि हो । जागरण हुँदै नहुने किसिमले आम मानिसहरु बाँच्दैनन् र बाँच्न पनि सक्दैनन्, पक्कै नै । जीवनका खण्डखण्डमा चल्ने आँधीबेहरीमा आन्दोलित नहुने मनहरु मानवजातिसँग नभएको एक कठोर वास्तविकता हो तथापि, आम नेपालीहरुकै तादातमा भावानुभूतिहरुलाई ज्युँका त्युँ नै हङकङेली जीवनयापनमा रहनसहनभित्र एक आदतको रुपमा राख्ने, हङकङेली नेपालीहरुका मनभित्र भने त्यसले तदनुरुप अनुभूतिशील, विचारशील र विवरणात्मक जागरण ल्याउन नसकेको तथ्य भने हो ।

डेढ दशकको अवधि हो यो समय, हङकङ बसाइको । हातको औंलामा गन्न मिल्नेबाहेकका नेपालीहरु अहिले पनि यहाँ स्थापित हुने जमर्कोमा घस्रिरहेका छन् भन्नु गलत पक्कै होइन । नब्बेको दशकमा हङकङ भित्रिएका नेपालीहरुका ८० प्रतिशतभन्दा बढी अहिले हङकङ छाडेर बेलायत, अस्ट्रेलिया, अमेरिका तथा अन्य युरोपियन देशहरुमा सदाकै लागि गएका छन् भन्नु ठ्याक्कै सही नभए पनि पूरै गलत होइन । अहिले जोर्डन, याउमातेई, युनलोङ, कामतिन अनि चुनवानमा पुरानाको दाँजोमा नयाँ अनुहारहरु ज्यादा देखिन थालेका छन् । त्यस्ता नयाँ अनुहारमा देखिने कोषीय रेखाहरुमा वर्तमान हालातमा रहेको अन्योल अवस्थाको नेपालको छाप स्पष्टै भेटिन्छ, तिनलाई सजिलो तथा पक्कासँग यहाँको समाजमा आफूलाई घुसाउनुमा अहिलेको परिप्रेक्ष्यमा बढी चाख रहेको हुन्छ । यसरी डेढ दशकसम्म पनि खासगरी चीनिँया समाजबाट अलग्गिएको यथार्थ भोग्ने नेपालीहरुको मनमा, भविष्यमा देखिने कालजयी दुष्प्रभावको अडकल नभए पनि तिनबाट बिस्तारै हुर्किँदै गरेका तिनका सन्तानहरुका मनमा भने प्रशस्तै विरोधाभासहरु बढ्दै गएको स्पष्टै हुन्छ । एक आम नेपाली (जसले यहाँ एक दशकभन्दा बढी समय अर्थात् आफ्नो जीवनको अमूल्य दशौं वर्ष खर्चिसकेको छ) ले यदि अहिले नै नेपाल फर्कनु परे साथमा के लिएर जान सक्छ त ? दश वर्षको अवधिमा यहाँ जीविकोपार्जन गर्नेहरुले एमपीयफमा सञ्चय भएको एक लाख वरपरबाहेक खासै भन्ने भए अन्य केही लान सक्दैनन् । यहाँ भोगेका, सिकेका अनि जानेका जानकारी तथा अनुभवहरु नेपालको सन्दर्भ र परिवेशमा वस्तुपरक मात्र हुनेछ । जीवनको अति उर्जाशील उमेर खर्च गरेपछि खोक्रो हालातमा नेपाल पुग्ने सो जमातलाई कति महत्वका साथ त्यहाँ हेरिएला भन्नेतिर अहिले नसोचौं । यही दशकको अवधिमा पनि केही नेपालीहरुबाट यहाँ समानान्तर रुपमा नेपाली राजनीति गरिँदैछ, विविध क्षेत्र र समाजलाई अगुवाइ गरिँदैछ । ज्ञारेन्टी दिन सकिन्छ, तिनका सो नेतृत्वशीलता वा लिडरशीप, सो धाक तथा ईज्जत, नेपालमा सदाकै लागि फर्केर जाने हो भने, जमीनमा थचारिन पुग्दछ, तिनका नजिकका आफ्नाहरुबाट केही समयका लागि पाउने सम्मानबाहेक तिनले उप्रान्त शून्यसिवाय केही पाउँदैनन् । यत्तिका लामो भूमिकाको निचोड के हो भने, हामीले यहाँ बिताएका यी सबै पक्ष र शैलीका समयहरुको सदुपयोग नगरे भविष्यमा हामी घरको न घाटको हुनेछौं । यहाँको समाज तथा सँस्कृतिसँग, सजिलो गरी तादात्म्यता नमिलाए, घाटमा सतास मिल्किएजस्तै यहाँको समाजबाट बाहिर मिल्किनेछौं र नेपालमा सो अवस्थामा संवरणीय स्वरुपले भित्रिनसक्ने अनुमान लगाउनु हाम्रो मूर्खता मात्रै हुनेछ ।
हङकङमा जातीय, क्षेत्रीय तथा धार्मिक र पार्टीगत धारणाले सर्वसाधारण नेपालीहरुमा विभाजनको रेखा कोर्नेहरुप्रति सर्वसाधारण विविध भाषा तथा जातजातिका नेपालीहरु एकजुट हुनु पर्ने बेला भएको छ । अहिले भर्खरै, जनजातिकै महावाणिज्यदूत चाहिन्छ भनेर जुन किसिमले मागहरु राखिएका छन्, तिनका लागि जुन किसिमले प्रयासहरु भएका छन्, त्यो एक त हङकङेली नेपालीहरुबाट त्यो अनुपातमा नथालिनु पर्ने थियो, किनकि, हङकङको विधानअनुसार यहाँकै रैथाने मानिएका नेपालीहरुलाई जनजाति वा गैरजनजाति, जो सुकै आए पनि तिनका दैनिक जीवनमा कुनै फरक पर्दैन । तर पनि ज्यादा जनजातिहरु यहाँ रहेको सन्दर्भमा जनजाति महावाणिज्यदूतको चाहना राखिनु गलत भने होइन, तर त्यसको लागि हङकङ सरकार तथा चीन सरकारसमक्ष ज्ञापन पत्र चढाउने कार्य गरिनु अत्यन्तै अमान्य हो । यहाँ बस्ने सबै नेपालीहरुको सो कार्यप्रति पक्कै नै सहमति छैन र जसले त्यसरी ज्ञापनपत्र बुझाए वा बुझाउँदै छन्, ले आफूहरु नेपालीभित्रको एक पक्ष भएको पक्कै भनेका छैनन्, वा भन्ने छैनन् । सो समूहले हङकङबासी सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै त्यसो गरेका हुन्छन् र सोही अवस्थाले त्यस कार्यमा हाम्रो गम्भीर आपत्ति छ । हामी नेपालीहरु विदेशमा विभाजित देखिन चाहँदैनौं । नेपाल सरकारले कसलाई पठाउने वा नपठाउने, सो अधिकार नेपाल आफैले राख्छ भने अन्य देशले यो वा त्यो पठाऊ भन्न खासगरी कूटनीतिक तरिकाले सुहाउँदैन र अन्य देशले त्यस्तो त्यो अवस्थासम्म गर्दैन, जब उक्त आउने दूतले सो देशको आँचविरुद्ध, कूटनैतिक मान्यताविरुद्ध काम गरेको, बोलेको हुँदैन । हङकङको नीति र नियमलाई शिरोपर गरी यहाँ जीविकोपार्जन गर्छु भन्ने नेपाली भाषी हङकङेली जनताहरुबाट खासगरी हङकङ सरकारले त्यस्तो कार्यको अपेक्षा पक्कै गर्दैन । अहिले राजनीतिक नियुक्ति दिने चलनको थालनी नेपाली सरकारी व्यवहारमा हुन थालेको सन्दर्भलाई ध्यानमा राखी नेपाल सरकारलाई हङकङेली जनजाति नेपालीहरुको चाहना भनी लगातार रुपमा सुझाउनु उत्तम हुन्छ । हामी नेपालीहरु, फिलिपिनाहरु वा इण्डोनेसियालीहरुका जस्तो अवस्थामा यहाँ रहेका छैनौ । कृपया, दिनप्रतिदिन न्यून हुँदै गइरहेको नेपाली समाजमा फुटको वीजारोपण नगरौं ।
......Click here to read all posts.
Sampadak Ji
I like to see some more Pictures of the Rahat Programme Is it possible Cos i like the pics you have taken simply marvelous
Hi..Rock!
I happened to have that much photographs of the Rahat event, by the way, I have posted a 10 minutes video summaries on you tube format on the left side of the front page. Please scroll down and check that out. Later I will post some individual performances. Keep surfing http://www.nepal.hk